सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा चार सय रुपैयाँ र चाँदी ७० रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख नौ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ३३५ रुपैयाँ निर्धारण भएको छ । हिजो सोमवार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार २६५ रुपैयाँ निर्धारण भएको थियो । गत आइतबार एक तोला सुन तीन लाख नौ हजार ४०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३० र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।