शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–२, खार्तम्छास्थित बालाबेंसीमा हेलिकप्टर दुर्घटना भएको छ। काठमाडौंबाट शव लिएर आएका एयर डाइनेस्टीको हेलिकप्टर अवतरणको क्रममा पल्टिएको हो। वडा नम्बर २ का एक स्थानीयको शव बोकेर पुगेको हेलिकप्टरमा सवार यात्रु र शव अवतरणअघि नै उतारेका थिए। अस्थायी हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर पल्टिँदा यसका केही भाग टुक्रिएका छन्।

दुर्घटनामा ठूलो मानवीय क्षति भने भएको छैन। पाइलट सकुशल छन् भने एकजनालाई सामान्य चोट लागेको छ। स्थानीयहरूले घटनाको कारण अझै स्पष्ट नभएको बताए। दुर्घटनापछि पाइलट घटनास्थलबाट अन्यत्र गएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।