मुस्लिम समुदायले सामुहिक नमाज पढेर मनाए इदुल फित्र

मुस्लिम समुदायले सामुहिक नमाज पढेर ईद उल फित्र मनाएका छन् ।ईद उल फित्रमा एक महिनासम्म राेजा बस्ने गरिन्छ । दिनमा ५ पटक नमाज पढिन्छ । सूर्य उदाउनुअघि बिहान र बेलुका सूर्य अस्तपछि सेहरी खाने खान्छन् र दिनभरी पानीसमेत नखाएर बस्छन् ।

नेपालगन्जकाे वीपीचाेकस्थित मस्जिदमा सामुहिक नमाज पढेर यसपालीकाे ईद उल फित्र सकिएकाे छ । नमाजपछि एक अर्कामा अंगालाे हालेर शुभकामना साटासाट गरिएकाे छ ।

नेपालगन्ज बजार समेटिएकाे बाँके क्षेत्र नम्बर- २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद इस्तियाक राईले सामाजिक सद्भाव र आपसी भाइचारा बढाउन ईद उल फित्रले सघाउ पुर्‍याउने बताए ।

वीपीचाेकमा शुभकामना साटासाट गर्न हिन्दु समुदायका व्यक्तित्वहरू पनि पुगेका थिए । नमाज पढ्ने बेलामा पानी परेकाले यसअघि जस्ताे राैनक देखिएकाे थिएन ।