विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का २४ वर्षीय विपिन दाहाल आइतबार साँझ पक्राउ परेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले सुन्दरहरैँचा–५ बलियाबाट उनलाई साँझ ६ः४० बजेतिर पक्राउ गरेको हो । पैदल हिँडिरहेका दाहाललाई नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको प्रहरीले जनाएको छ ।
सानो सानो प्लाष्टिकमा पोका पारेर उनले बोकेको १ ग्राम ४९ मिलिग्राम ब्राउन सुगर बरामद भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।