एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, शिक्षण अस्पतालले के भन्यो?

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा भर्ना भएका उनलाई कम्तीमा पाँच वटा स्वास्थ्य समस्या देखिएको अस्पतालले जनाएको छ। पूर्वप्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे आइतबार जानकारी दिँदै अस्पतालले एकसाथ धेरै समस्या देखिएको पुष्टि गरेको छ। अस्पतालका अनुसार शनिबार मुटुको धड्कन असामान्य (पालापिट्यास्टियोन्स) देखिएपछि उनलाई भर्ना गरिएको हो। उनी दुई मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी हुन्।अस्पतालले जनाएको अनुसार ओलीलाई हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, थाइराइडसम्बन्धी समस्या, एट्रियल फिब्रिलेसन (एपीसी) लगायतका समस्या देखिएका छन्। साथै हाल उपचाररत उनलाई पित्तथैलीमा ढुंगा जस्ता समस्या पनि रहेको छ। अस्पताल प्रशासनका अनुसार उनी हाल एनेक्स–१ को बेड नम्बर ५०१ मा चिकित्सकहरूको निगरानीमा रहँदै उपचार भइरहेको छ।