बिराटनगर ।
नेपाल यादव सेवा समिती विराटनगर महानगरपालिका वडा नम्बर १२ र १३ ले संयुक्त रुपमा मानवीय कार्यको उदाहरण प्रस्तुत गर्दै रंगेली नगरपालिका वडा नं. ७ का क्यान्सर रोगबाट पीडित एक बिरामीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएका छन् l समितिका पधिकारीहरूले बिरामीको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको जानकारी प्राप्त भएपछि तत्काल बिरामीको घर कहाँ पुगेर नगद रु १६ हजार आर्थिक सहयोग गरेका छन् l
रकम हस्तान्तरणको क्रममा समितिका पदाधिकारीहरूले
पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै यस कठिन घडीमा आफूहरू सधैं साथ र सहयोग गर्ने समेत जनाएका छन्।
समितीले समाजमा रहेका विपन्न, असहाय तथा रोगबाट पीडित व्यक्तिहरूलाई सहयोग पुर्याउने उद्देश्यले निरन्तर सामाजिक कार्य गर्दै आएको समितिले जनाएको छ l यस प्रकारको सहयोगले पीडित परिवारलाई केही राहत मिल्ने विश्वास लिइएको छ l
