विराटनगर : चैत्र १७ गते

विराटनगर : चैत्र १७ गते
विराटनगर महानगरपालिका वडा नम्बर ८ निवासी राघव सहनी सामाजिक तथा धार्मिक क्षेत्रमा सक्रिय योगदान दिँदै चर्चा बटुलिरहेका छन् l सहनीले समाजका विपन्न तथा असहाय वर्गलाई लक्षित गर्दै विभिन्न सहयोगात्मक अभियान सञ्चालन गर्दै आएका छन्।स्वास्थ्य तथा आपतकालीन सहयोगका क्षेत्रमा उनले देखाएको सक्रियताले धेरैको जीवनमा सकारात्मक परिवर्तन ल्याएको स्थानीयवासीहरू बताइरहेका छन् धार्मिक क्षेत्रमा पनि उनको उत्तिकै योगदान गरिरहेका छन् मन्दिर सरसफाइ, पूजा–आयोजन तथा सांस्कृतिक संरक्षणमा उनको निरन्तर सहभागिताले समुदायमा धार्मिक चेतना अभिवृद्धि गर्न मद्दत पुग्ने गरिरहेको छ l युवाप्रति सरल व्यवहार, पारदर्शी कार्यशैली र सेवामुखी सोचका कारण सहनीप्रति स्थानीयहरूको विश्वास दिनानुदिन बढ्दै गएको छ। सामाजिक सद्भाव र सहकार्यलाई प्राथमिकता दिने उनको प्रयासलाई सबैले प्रशंसा गरेका छन्। सामाजिक र धार्मिक दुवै क्षेत्रमा उल्लेखनीय भूमिका खेल्दै आएका राघव सहनीलाई आगामी दिनमा अझ प्रभावकारी र प्रेरणादायी कार्य गर्ने विश्वास दिलाइरहेका छन् l
