‘जेनजी’ आन्दोलन दमन आरोपमा तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

काठमाडौँ। काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल लाई ‘जेनजी’ आन्दोलन दमन गरेको आरोपमा पक्राउ गरिएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार बिहान उनलाई पक्राउ गरेको हो। रिजाल भदौ २३ मा भएको आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए। उनलाई आन्दोलनकारीमाथि गोली चलाउन आदेश दिएको आरोप लागेको छ।