सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला रु ३ हजार ६०० र चाँदी रु १६५ ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९४ हजार कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ७८० तोकिएको छ। हिजो बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ९७ हजार ६०० मा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला रु ४ हजार ९४५ कायम थियो। यसअघि मङ्गलबार सुन प्रतितोला रु २ लाख ९० हजार २०० र चाँदी प्रतितोला रु ४ हजार ८४५ मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ५ हजार २०० अमेरिकी डलर र चाँदी प्रतिऔँस ८५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।