वरिष्ठ क्यान्सर विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको निधन

काठमाडौं । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ (सर्जिकल अन्कोलोजिस्ट) डा. प्रकाशराज न्यौपानेको निधन भएको छ। विगत एक वर्षदेखि कोल्यान्जियोकार्सिनोमा रोगसँग संघर्ष गर्दै आएका ६४ वर्षीय न्यौपानेको शुक्रबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

अस्पतालका अनुसार क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीको नेतृत्वमा उपचार भइरहेका बेला उनको निधन भएको हो। सर्जिकल अन्कोलोजीमा पीएचडी गरेका डा. न्यौपाने नेपालका स्थापित तथा अनुभवी क्यान्सर विशेषज्ञका रूपमा परिचित थिए।