नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय कार्य समिति मोरङले भोला पासवानसहित पाँच जनालाई सम्मान गरेको छ ।
सप्तरी जिल्ला स्थित कञ्चनरुप नगरपालिका–८ मा दलित सरोकार मञ्च नेपालको सभाहलमा नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय कार्य समितिको तेस्रो बैठकले शनिवार उनीहरुलाई सम्मान गरेको हो । बाँतर सरदार समुदायका कुल देवता गेड बाबा मन्दिर एवं सामुदायिक भवन निर्माणका लागि जग्गा दान गर्ने कञ्चनरुप नगरपालिका–१२ का सनुप सरदार, चनर सरदार, हरि सरदार र कञ्चनरुप–९ का अनुप सरदार सहित समाजसेवी पासवानलाई सम्मान गरेको समितिका केन्द्रीय सभापति मखनलाल सरदारले जानकारी दिनुभयो । जग्गा दाताहरुले जनही १०–१० धुर जग्गा बाँतर जातीको संस्थाको नाममा दुई कट्ठा जग्गा रजिष्टर गर्ने तयारी भईरहेको उहाँले बताउनुभयो । त्यसैगरी, २०८१ बैशाख ९ गते आईतवार दिउँसो भएको आगलागीले बाँतर समुदायका घर जलेर नष्ट भएको थियो । बाँतर वस्तीमा राहातका सामग्री लिएर संयौं मनकारीहरु दिनुहुँ जसो पुग्ने गरेको भएपनि घर निर्माण तर्फ कसेको ध्यान केन्द्रीत नभएको जनगुनासो आएपछि । मनकारी सहयोगी समाजसेवी पासवानले कञ्चनरुप–५ पडेमाराका १६ घर तथा वडा नं.६ का एक घरमा आगलागीबाट भएको क्षतिपछि पीडित सरदार परिवारका लागि घर तथा एक सामुदायिक भवन निर्माणमा सहयोग पु¥याएको भन्दै उहाँलाई बाँतर समाजले सम्मान गरिएको समितिले जनाएको छ । सम्मानित सवैजनालाई समितिका सभापति सरदार सहित सह–अध्यक्ष शुभाष सरदार, वरिष्ठ उपाध्यक्ष चन्देश्वर सरदार, उपाध्यक्ष दिलिप सरदार, महासचिव पदमकुमार सरदार, सचिव सोनेलाल सरदारलगायत केन्द्रीय समितिका केन्द्रीय सदस्यहरुले दोसला र सम्मान पत्रले उनीहरुलाई सम्मान गर्नुभएको थियो ।
