विराटनगरमा महिलालाई आत्मनिर्भर बनाउने अर्गानिक साबुन–सर्फ तालिम सम्पन्न

विराटनगर–८ मा महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको अर्गानिक साबुन र सर्फ बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। हलेसी महिला सशक्तीकरण सेवा केन्द्रद्वारा सञ्चालित उक्त तालिम चैत्र १९ देखि २१ सम्म चलेको थियो, जसमा स्थानीय महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
तालिममा सहभागी महिलाहरूले अर्गानिक सर्फ र साबुन बनाउने व्यावहारिक सीपसँगै उत्पादन र बजारीकरणसम्बन्धी आधारभूत ज्ञान हासिल गरेका छन्। कार्यक्रममा वडा अध्यक्ष राम पोखरेललगायत विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार तालिमले महिलामा आत्मविश्वास वृद्धि गर्दै स्वरोजगारतर्फ उन्मुख गराएको छ। सहभागीहरूले कार्यक्रम उपयोगी भएको बताउँदै यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्।