काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएको हो ।यससँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ४० रुपैयाँले वृद्धि भई ४ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
