अब सार्वजनिक यातायात चढ्न महँगो

काठमाडौं । २५ चैत  सरकारले सार्वजनिक यातायातको भाडा दर वृद्धि गर्ने तयारी गरेको छ। इन्धनको मूल्यमा भएको वृद्धिपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा समायोजन गर्न सहमति दिएको हो। विभागका एक उच्च अधिकारीका अनुसार मन्त्रालयको सहमतिअनुसार नयाँ भाडा दरसम्बन्धी निर्णय आजै गर्ने तयारी भइरहेको छ।

मन्त्रालयले इन्धनको मूल्यवृद्धिको अनुपातमा भाडा समायोजन गर्न निर्देशन दिएको बताइएको छ। सोहीअनुसार यात्रुवाहक सवारीसाधनमा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा २१.६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा १५.७५ प्रतिशत भाडा वृद्धि गर्ने तयारी गरिएको छ।