पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखक लाई हाजिर जमानतमा रिहा गर्ने तयारी

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक लाई प्रहरीले हाजिर जमानतमा छाड्ने तयारी गरेको छ। सर्वोच्च अदालत को आदेशअनुसार उनीहरूलाई जिम्मा जमानीमा रिहा गर्ने निर्णयसहितको पत्र सरकारी वकिलको कार्यालयबाट प्राप्त भएको नेपाल प्रहरी ले जनाएको छ। काठमाडौँ उपत्यका प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापा का अनुसार अदालतको आदेशअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको छ ।