काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो। महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भई ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
