
विराटनगर. विराटनगर महानगरपालिका वडा नम्बर १३ मा अवस्थित बाल आश्रममा आश्रित बालबालिकालाई मंगलबार विशेष भोजन खुवाउँदै नयाँ वर्ष मनाइएको छ l “सेवा नै धर्म हो” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रममा समितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रममा सम्पन्न गरिएको हो।कार्यक्रमका क्रममा बालबालिकासँग आत्मीयता साट्दै उनीहरूको दैनिक जीवन र आवश्यकता बारे पनि जानकारी लिइएको थियो। सहभागीहरूले बालबालिकासँग समय बिताउँदै खुसी बाँड्नुका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए।समितिले यस्ता कार्यक्रमले समाजमा सहयोग र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ। साथै, आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सेवामूलक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
