काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन प्रतितोला १०० रुपैयाँले वृद्धि हुँदा चाँदी पनि ३० रुपैयाँले महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उकालो लागेको छ। सुन प्रतिऔँस ४,८२१ अमेरिकी डलर पुगेको छ भने चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ। बिशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा समेत परेको हो ।
