काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार दिउँसो बस्दैछ । सभापति रवि लामिछानेको निर्देशनमा बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने तय भएको हो। बैठकमा केन्द्रीय समिति सदस्यहरूको अनिवार्य उपस्थिति रहने जनाइएको छ। रास्वपाका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको भावी रणनीति तथा संगठन सुदृढीकरणका विषयमा गहन छलफल हुनेछ।
बैठकका मुख्य एजेन्डा:
- पार्टी गतिविधिको ब्रिफिङ
- केन्द्रीय सदस्यहरूको रिपोर्टिङ (२० जना, प्रत्येक २ मिनेट)
- केन्द्रीय समिति पदाधिकारी मनोनयन
- महाधिवेशन कार्यविधि मस्यौदा
- विधान संशोधन
- स्थानीय तह उम्मेदवार क्लब गठन तथा आवेदन आह्वान
- प्रवासमा रहेका नेपालीलाई मताधिकार दिने विषय
- सचिवालयका निर्णय अनुमोदन
- विविध
विविध अन्तर्गत:
- विभिन्न आयोग, निकाय र पदाधिकारीबाट प्राप्त पत्राचार
- विषयगत विभागको योजना तयारी र नीति मन्थनसम्बन्धी निर्देशन
- संसदीय दलको विधान संशोधन
रास्वपा स्रोतका अनुसार बैठकले संगठनात्मक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी तथा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रियासम्बन्धी महत्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ।
