सुनचाँदीको भाउमा गिरावट, बजारमा राहत

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १,३०० रुपैयाँले घटेको हो। यससँगै सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ। आइतबार भने सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य प्रतितोला पाँच हजार २२५ रुपैयाँ थियो। यसरी लगातारको गिरावटसँगै बजारमा सुनचाँदीको कारोबारमा केही चलायमानता देखिने अपेक्षा गरिएको छ।