सुनको भाउ १६ सयले बढ्यो, चाँदी सस्तो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज १ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्यमा भने गिरावट आएको छ। चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ५ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी ५ हजार १९० रुपैयाँमा खरिदबिक्री भएको थियो।