गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रालयको जिम्मेवारी पनि आफैं मातहतमा राखेका छन्। गृहमन्त्रालयका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मनिष झा, दीपक बोहोरा र डा. अमरेशकुमार सिंहलगायतका नाम चर्चामा रहे पनि तत्काल कसैलाई मन्त्री नियुक्त नगर्ने तयारी प्रधानमन्त्रीको देखिएको छ। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार अहिले नयाँ गृहमन्त्री नियुक्त गर्ने कुनै तयारी छैन। “अहिलेलाई गृहमन्त्रालय प्रधानमन्त्रीकै मातहतमा रहनेछ,” उनले भने। प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय भने सुरुदेखि नै आफूसँगै राख्दै आएका छन्।
