काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री सुदन गुरुङको राजीनामाप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले उठेका प्रश्नपछि राजीनामा दिनु उचित भएको टिप्पणी गरे। गृहमन्त्रीको राजीनामाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “जे गरे, राम्रो गरे।” विवादमा तानिएपछि गृहमन्त्री गुरुङले बुधबार पदबाट राजीनामा दिएका हुन्।
