काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (वैशाख १०) अपराह्न १२ बजे बैठक बस्ने तय भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक विषयहरूमाथि छलफल भई विभिन्न महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।
