बिराटनगर
मोरङको धनपालथान गाउँपालिका–७ स्थित जीवन विकास पार्क कमलपुरमा आयोजित एक दिने प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम बुधवार सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा पूर्व सांसद योगेन्द्र प्रसाद मण्डलले लघुवित्त संस्थाले सामाजिक उत्रदायीत्व अन्तरगत विभिन्न सामाजिक कामगर्दै आईरहेको बताएका थिए । जीवन वीकास लघुवित्त संस्जथाले वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गर्दै बचतको महत्व, ऋणको सदुपयोग, साना लगानी मार्फत आय आर्जनका अवसर तथा आत्मनिर्भर बन्ने उपायबारे अन्तरक्रियात्मक छलफल गर्दै आईरहेको पूर्व सांसद मण्डलले दावि गरेका थिए । कार्यक्रममा धनपालथान गाउँपालिका वडा नंः७ का वडाध्यक्ष सन्तोष यादव, वडा नं. ६ का वडाअध्यक्ष मोहम्मद हुसेन(रोजीत), जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख सावित्री श्रेष्ठ, र जीवन विकास पब्लिक स्कूलका प्रधानाध्यापक अजय कुमार मण्डललगायतले महिलाको आर्थिक सशक्तिकरणमा जीवन विकास लघुवित्त संस्थाको ठूलो भूमिका रहेको उनीहरुले प्रशंसा गरेका थिए । गोष्ठी कार्यक्रममा शाखा कार्यालय रामचोकले अतिविपन्न परिवारका जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका थिए । भने विभिन्न केन्द्रमा आबद्ध महिलाहरूलाई ‘असल ऋणी’ र ‘उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न केन्द्रका प्रमुख, उपप्रमुख र संस्थामा आबद्ध महिला सदस्यहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।
