नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम बिहीबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ। गत तीन दिनको अवधिमा मात्रै सुनको मूल्य कुल ७ हजार ८ सय रुपैयाँले घटिसकेको छ। लगातार भइरहेको यो गिरावटले बजारमा सुनको कारोबारमा पनि प्रभाव पार्ने अनुमान गरिएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ४ हजार ८१० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
