काठमाडौं । मन्त्रिपरिषद्को बैठक मंगलबार दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार मा बैठक बस्न लागेको हो। बैठकमा समसामयिक राष्ट्रिय विषय, नीतिगत निर्णय तथा सरकारी कार्यसूचीसँग सम्बन्धित महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ।
