काठमाडौं। सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले संघीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको जानकारी दिए।
