विराटनगर । विराटनगरस्थित किरण बेकरी बाट उत्पादन भएको केक खाँदा तीन जना बालबालिका बिरामी परेका छन् । उनीहरुलाई उपचारका लागि विराट नर्सिङ होम मा भर्ना गरिएको छ ।विराटनगर–९ का साहिल ठाकुरले जन्मदिनका लागि विराटनगर–१० स्थित क्लासिक बेकरी एण्ड आइसक्रिम बाट बिहीबार साँझ केक खरिद गरेका थिए । केक खाएपछि बालबालिकामा बान्ता र पेट दुख्ने समस्या देखिएको अस्पतालले जनाएको छ । प्रारम्भिक जाँचमा विषाक्त केकका कारण फुड पोइजनिङ भएको पाइएको छ ।अनुगमनका क्रममा पसलमा म्याद उल्लेख नभएका खाद्य सामग्री समेत बिक्री भइरहेको भेटिएको जनाइएको छ । स्थानीयवासीले जनस्वास्थ्यसँग जोडिएको विषय भएकाले सम्बन्धित निकायले कडाइका साथ अनुगमन र कारबाही गर्न माग गरेका छन् ।
