सिरहाले जित्यो नेपाल हव पुरुष २०–२० क्रिकेटको उपाधि

 

विराटनगर ।

सिरहा हव विराटनगरको मेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट सँघको आयोजनामा आज भएको फाइनल खेलमा सिरहाले विराटनगर हवलाई २४ रनले पराजित गर्दै उपाधि जितेकोे हो ।

टस जितेर ब्याटिङ गरेकोे सिरहाले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १० रन बनाएको थियो । सिरहाका प्लेयर अफ फाइनल कप्तान आयुस ४७ रन बनाउँदा दुर्गेश मण्डलले २४ रन बनाए । विराटनगरका अभय कामतले ४ विकेट लिँदा मनिष कामतले २ विकेट लिए ।

१ सय ११ रनको लक्ष्य पाएको विराटनगरले १८ दशमल ३ बलमा सवै विकेट गुमाउँदै ९४ रनमा सिमित भयो । विराटनगरका मनिष कामतले २५ रन बनाउँदा क्षितिज करण १६ रनको योगदान गरे । सिरहाका आयुष विकले ४ लिँदा अविशेक यादव ३ विकेट लिए ।
बैशाख २१ गतेदेखि शुरु भएकोे प्रतियोगितामा कोशी प्रदेशको मोरङ, सुनसरी र उदयपुर तथा मधेश प्रदेशको सिरहा र राजविराज गर ५ टिम सहभागि रहेका थिए । राउण्डरोविन लिगको आधारमा खेलाएकोे प्रतयोगितामा उत्कृष्ट दुइ टिम फाइनलमा प्रवेश गरेका थिए ।
विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि नेपाल क्रिकेट सँघका सचिव पारस खडका,कोशी क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे र फाउण्डेशका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार तथा ट्रफि वितरण गरे ।