विराटनगर । पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने कर्णालीको हिमाली भू–भाग र मधेश प्रदेशमा पनि आंशिक बदलीको सम्भावना रहेको छ । अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
महाशाखाले आगामी केही घण्टामा कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमानसमेत गरिएको छ ।
मौसमविद्ले वर्षा र चट्याङ प्रभावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
