![]()
। देशका केही स्थानमा आज वर्षाको सम्भावना रहे पनि वर्षा कम भएकाले तराईका भूभागमा गर्मी बढ्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम छ।
विभागले दिउँसो हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने र तराईका अधिकांश क्षेत्रमा आंशिक बदली हुने जनाएको छ। हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।
वर्षा कम भएकाले मधेस प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको विभागको पूर्वानुमान छ।
रातिको समयमा हिमाली क्षेत्रमा साधारणतया बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली हुने तथा तराईका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने जनाइएको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
मौसमविद् विनोद पोखरेलका अनुसार पश्चिमी वायु कमजोर रहेकाले आगामी केही दिन देशका अधिकांश स्थानमा उल्लेखनीय वर्षाको सम्भावना कम छ। उनले मनसुन भित्रिने समय अझै निश्चित नभएको बताए।
नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ मानिए पनि यो निश्चित मिति नभएकाले मनसुन औसत समयभन्दा अगाडि वा पछि पनि प्रवेश गर्न सक्ने सम्भावना रहने मौसमविद्हरू बताउँछन्।
। देशका केही स्थानमा आज वर्षाको सम्भावना रहे पनि वर्षा कम भएकाले तराईका भूभागमा गर्मी बढ्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम छ।
