सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं

नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ८५ रुपैयाँले ओरालो लाग्दै ५ हजार २ सय ८५ रुपैयाँमा निर्धारण गरिएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरू बताउँछन्।