२२ जेठ , जनकपुरधाम ।
धनुषाको जनकपुर ढल्केबर सडकअन्तर्गत लक्ष्मीनियामा स्थानीयहरूले सडक अवरुद्ध गरेका छन् । आज बिहान ७ बजेदेखि साढे आठ बजेसम्म स्थानीयले टायरबालेर सडक अवरुद्ध गरेका हुन् । गत जेठ २० गते बिहान घरबाट खेततर्फ गइरहेको बेला लक्ष्मीनिया गाउँपालिका ७ कि ६५ वर्षीय मरनी देवी महराको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । मृतकका छोरा मुकेश महराका अनुसार आमा बिहानै खेततर्फ सडक क्रस गरेर जान लागेको बेला दुईजना सवार मोटरसाइकलले ठक्कर दिएर भागेको थियो । उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थियो ।
