भारी वर्षाका कारण बिर्तामोडमा तीनतले घर जमिनमा भासियो

झापा- झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित नयाँ बसपार्कमा रहेको सुकुम्बासी बस्तीमा एउटा तीनतले घर जमिनमा भासिएको छ।

निरन्तरको भारी वर्षाका कारण ७० वर्षीय पहलमान ठाकुरको सो घर आज बिहान राति करिब २ बजेतिर जमिनमा भासिएको हो।

घर अचानक भासिएर ढल्किन थालेपछि भित्र रहेका मानिसहरू र केही महत्त्वपूर्ण सामानहरू सुरक्षित रूपमा बाहिर निकालिएको छ।

उक्त घरमा दुईजना मात्र बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार घर जमिनमा भासिएर अन्दाजी २० देखि २५ डिग्रीसम्म ढल्किएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै अहिले सो घरलाई पूर्ण रूपमा खाली गराउने तयारी भइरहेको जनाइएको छ।