विराटनगरबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट स्रोत नखुलेको नेपाली नगदसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले आइतबार दिउँसो करिब ३ बजेतिर भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङको जहदा गाउँपालिका–१ निवासी ५७ वर्षीय मोहमद नफिजलाई शंकास्पद अवस्थामा जाँच गरेको थियो । जाँचका क्रममा उनको साथबाट स्रोत खुलाउन नसकेको नेपाली नगद २ लाख ३३ हजार ८५० रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।