मोरङ करागार भित्र तरकारी लैजाने २ जना पक्राउ

मोरङ करागार भित्र तरकारी लैजाने २ जना पक्राउ

विराटनगर । मोरङ कारागारका कैदीबन्दीबाट रकम असुली गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीले पैसा संकलन गर्न तरकारी आपूर्तिकर्ताहरूलाई माध्यम बनाउने गरेको खुलासा भएको छ ।

सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानका अनुसार, कारागारको मेसका लागि तरकारी लैजाने व्यक्तिहरूलाई प्रयोग गरेर गिरीले भित्रबाट नगद बाहिर निकाल्ने गरेका थिए । अनुसन्धानमा खटिएका एक उच्च सुरक्षा अधिकारीले भने, ‘मेसका लागि तरकारी लिएर भित्र जानेहरू मार्फत गिरीले कैदीबन्दीबाट संकलित रकम बाहिर पठाउने गरेको भेटिएको छ । अहिले हामी गलैँचा र मुडा बिक्रीबाट हुने आम्दानीका विषयमा पनि सुक्ष्म अनुसन्धान गरिरहेका छौँ ।’

प्रहरीले गिरीको यो कनेक्सनमा संलग्न रहेको आशंकामा तरकारी ओसारपसार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका सुचना अधिकारी समेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्र कुमार मिश्रले सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरे । अनुसन्धान जारी रहेकाले उनीहरूको नाम भने गोप्य राखिएको उनले बताए ।

गिरीमाथि कारागारका कैदीबन्दीले पाउने सरकारी सुविधा र उनीहरूको श्रमको कमाइ समेत जबरजस्ती असुल्ने गरेको आरोप छ । हाल मोरङ कारागारमा १ हजार ९२ पुरुष र १०७ महिला गरी कुल १ हजार १९९ कैदीबन्दी छन् । उनीहरूले दैनिक ८० रुपैयाँका दरले भत्ता पाउँछन्, जसको कुल रकम दैनिक करिब ९६ हजार रुपैयाँ हुन आउँछ ।

यसबाहेक सरकारले प्रति कैदी वार्षिक रूपमा जाडो र गर्मीको लुगाका लागि २५÷२५ सय गरी कुल ५ हजार रुपैयाँ उपलब्ध गराउँछ । कारागारभित्र करिब ५ सय जनाले मुडा र १०० जनाले गलैँचा बुन्ने काम गर्छन् । ती सामग्री बिक्रीबाट आएको आम्दानी र सरकारी भत्ता समेत गिरीले तरकारी पु¥याउनेहरू मार्फत ‘क्यास’ सकलन गर्न लगाएर लिने गरेको सुरक्षा स्रोतको दाबी छ ।

यसै प्रकरणलाई लिएर प्रहरीले शनिबार नै कारागारका नाइके राकेश यादवसँग समेत बयान लिएको छ । कैदीबन्दीलाई अनुचित प्रभावमा पारेर रकम असुली गरेको सूचनाका आधारमा गिरीलाई शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । शनिवार नाइके यादवलाई बयान लिनका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याउदा कैदिबन्दीले नाइकेको सरुवा गर्न लागिएको भन्दै विरोध गरेका थिए । उनीहरुले केहि बेर नारा