मोरङ धनपालथान । कोशी प्रदेशको राजधानी विराटनगरबाट करिब १५ किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित धनपालथान गाउँपालिका पर्दछ । मोरङ जिल्लामा अवस्थित धनपालथान पनि एउटा गाउँपालिका हो। दादरबैरिया, सोराभाग, अमैबरियाटी, कदमहा र नोचा गाविस मिलेर राजा धनपालको नामबाट धनपालथान गाउँपालिका नमाकरण गरिएको पालिका हो । यस गाउँपालिकाको क्षेत्रफल ७० दशमलव २६ किलोमिटर रहेको छ । २०७८ सलाको जनगननाले पालिकाको जनसंख्या ३९, हजार ३ सय ९४ जना ररहेको छ । उक्त पालिका क्षेत्र भित्र विभिन्न जम्मा ८१ वटा मठ मन्दिर र मस्जिदहरु रहेको छ । सबै मठ मन्दिर, मस्जितहरुको आ–आफ्नै विशेषता रहेको छ । यता मठ मन्दिर र मस्जितको विषयमा यस पालिकाका सामाजिक शाखा प्रमुख ज्ञानेश्वर सिंहसंग जिज्ञासा राख्दा उहाँका अनुसार धनपालथान वडा नम्बर १ मा राधाकृष्ण मन्दिर, दिनाभद्री मन्दिर, (गडेरिया), राजा जीतवहान मन्दिर (दुर्गापुर), रामजानकी मन्दिर (दुर्गापुर), दुर्गा मन्दिर नोचा गरी जम्मा ५ वटा मन्दिरहरु रहेको छ ।
(मस्जिदहरु)मदिना जामेद मस्जिद, इलफिरदोस जामे मस्जिद, इस्लामपुर, मस्जिद, मस्जिद पूर्वटोल, गरी जम्मा ४ वटा रहेका छन् ।
त्यस्तै धनपालथान वडा नम्बर २ मा रामजानकी मन्दिर (कुशमाहा),बाबा दिनाभद्री मन्दिर (अमाही), काली मन्दिर(बरियाती), राजा जीतवाहन मन्दिर (बरियाती), अनन्त मन्दिर (बरियाती), हनुमान मन्दिर (ठनठनीया), शिवगुरु चर्चा केन्द्र, हनुमान मन्दिर (धर्मपुर),लक्ष्मी मन्दिर(ललिया चोक) दिनाभद्री मन्दिर (पैटा लबटोलिया), कबिर सत्संग मठ(पैटा उत्तरटोल), काली मन्दिर(पैटा), नेपाल संतमंत सत्संग मन्दिर (पैटा), अनन्त मन्दिर (खैरबना), संतमंत सत्संग मन्दिर(खैरबना पैटा),दिनाभद्री मन्दिर (धर्मपुर) गरी जम्मा १६ वटा मन्दिर रहेको छ । भने महुमुदिया मस्जिद ललिया मुस्लिम टोलमा १ वटा मस्जिद समेत रहेको छ ।
धनपालथान वडा नम्बर ३ मा कप्लेश्वरनाथ महादेव मन्दिर (सडकदेखि दक्षिण), कात्र्तिक मन्दिर (डकुवाडाँगा), श्री राधाकृष्ण मन्दिर (बैतोना), कबिर कुटी (बैतोना), अनन्त मन्दिर (बैतोना), नेपाल संतमंत सत्संग मन्दिर (मायाँजञ्ज), श्री श्री श्री १०८ बजरंगबली मन्दिर(बैतोना), श्रीजयबाबा समुद्रायनाथ शिव मन्दिर, गरी जम्मा ९ वटा मन्दिरहरु रहेको छ । भने वडा नम्बर ३ मा ईश्वरी मसिह मण्डरी चर्च (डकुवाडागा), इममानुएल विलिवर्स चर्च (डकुवाडागा), क्राईस द लाईट चर्च (मार्सल टोल) गरी जम्मा ३ वटा चर्च समेत रहेको छ ।
धनपालथान वडा नम्बर ४ मा दिनाभद्री मन्दिर (सिमराह), संकट मोचन हनुमान मन्दिर, सोमेश्वर नाथ महादेव मन्दिर, श्री श्री १०८ माँ दुर्गा मन्दिर, नेपाल संतमंत सत्संग मन्दिर, नेपाल संतमंत सत्संग मन्दिर (कर्सिया हर्कपुर), कबिर कुटी (लखन्तरी) श्री महाराज सुरमा सलहेस मन्दिर, गरी जम्मा ८ वटा मन्दिरहरु रहेको छ । भने धनपालथान वडा नम्बर ४ मा जामे मस्जिद (हर्कपुर), जामे मस्जिदुल्अन्सार, जामे मस्जिद गरी जम्मा ३ वटा मस्जित रहेको छ । यसैगरी बी.आई.सी.चर्च(कर्सिया) मा एउटा चर्च पनि रहेको छ ।
धनपालथान वडा नम्बर ५ मा श्री बाबा भुतेश्वरनाथ (लोहन्द्रा खोला किनारमा), गेड बाबा मन्दिर (दादरबैरिया बाँतर टोलमा), जय श्री बजरंगवली मन्दिर, राधाकृष्ण मन्दिर, संसारी माई स्थान, दुर्गा मन्दिर, रामजानकी मन्दिर, दिनाभद्री मन्दिर(डाँगा टोल), विश्वकर्मा मन्दिर (रंगपुर टोल), संसारी माई मन्दिर(तरिटोल बविया), दुर्गा काली मन्दिर(बविया), रामजानकी मन्दिर गरी जम्मा १२ वटा मन्दिरहरु रहेको छ ।
धनपालथान वडा नम्बर ६ मा पिण्डेश्वर महादेव मन्दिर, भगवती मन्दिर, हुनुमान मन्दिर, राधाकृष्ण मन्दिर, हनुमान मन्दिर, श्री श्री श्री १०८ बजरंगवली मन्दिर, आत्मज्ञान प्रचार संघ, गरी जम्मा ७ वटा मन्दिरहरु रहेको छ । भने नुरानी जामे मस्जिद, अलि मस्जिद, अब्दुल आजीज जामे मस्जिद, पाँच व्यक्ति मस्जिद गरी जम्मा ४ वटा मस्जिदहरु रहेको छ ।
धनपालथान वडा नम्बर ७ मा संकट मोचन हनुमान मन्दिर(नहरछेउ), दिनाभद्री मन्द्रि, श्री माँ काली मन्दिर, श्री राधा कृष्ण मन्दिर (कदमाहा चोक), अनन्त मन्दिर, रामजानकी मन्दिर गरी जम्मा ६ वटा मन्दिरहरु रहेको छ । भने मस्जिद फातिमा बिन्त अब्दुज्याक बिन सअद अलमेहन्दी, खालीद अहमद गरीब जीयात मस्जिद, अबु हरेरा जामे मस्जिद गरी जम्मा ३ वटा मस्जिदहरु रहेको छ । पालिका क्षेत्र भित्र कुल ८१ वटा मन्दिरहरु रहेको छ । यसको व्यस्थापनमा पालिकाले प्रत्येक वर्ष केही न केही बजेटहरु विनियोजन गर्दै आईरको सामाजिक शाखा प्रमुख सिंहले जानकारी दिनुभयो ।
धनपालथानमा यी मठ, मन्दिरहरु र मस्जिदहरु मध्ये पालिकामा २९ प्रतिशत दर्ता भएको छ । भने ७१ प्रतिशत मठ, मन्दिरहरु र मस्जिदहरु दर्ता बिना नै सञ्चालनमा रहेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय मोरङमा ५ देखि ७ वटा मन्दिरहरु दर्ता गरी सञ्चालनमा रहेको छ । भने १५ वटा मन्दिरहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउन तयारी अवस्थामा रहेको सामाजिक शाखा प्रमुख सिंहले जानकारी दिनुभयो ।
यता गाउँपालिकाकी उपाध्यक्ष नसिमा बानो भन्नु हुन्छ, दर्ता बिनाको मन्दिरहरुमा बजेट दिन कानूनी समस्या हुँदै आएको छ । पालिका क्षेत्र भित्र रहेका हरेक मठ मन्दिरहरुको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले पालीकामा स्थानीय ऐन २०७४ लाई कार्यन्वयन गर्ने गरी पालिकाले नीति नियम निर्माण गरेर स्थानीय ऐन २०७५/०७६ मा पहिलो गाउँ सभाबाट दर्ता गर्न ऐन पारित ग¥यो । सोही ऐन अनुसार पालिकामा दर्ताभएका विभिन्न मठ, मन्दिर, मस्जिदलगायत अन्य धार्मिक, संघ–सस्था, तथा क्लवहरुमा आर्थिक वर्ष २०७६/०७७ देखि निरनतर सहयोग गर्दे आईरहेको उहाँले बताउनुभयो ।
पालिका क्षेत्रमा रहेको हरेक मठ, मन्दिर, मस्जिदका सञ्चालकहरुलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्न उहाँले सुझाव समेत दिनुभयो । धनपालथान गाउँपालिकामा अधिकांश मन्दिहरु एलानी जग्गामा निर्माण गरिएको छ । भने ५ प्रतिशत मन्दिरहरु दताहरुले अनुदान दिएको जग्गामा मन्दिर निर्माण गरिएको छ । तर मस्जिद र चर्चहरु भने सवै निजि जग्गाहरुमा निर्माण गरिएको धनपालथान गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । पालिक क्षेत्र भित्र रहेको मठ, मन्दिर र मस्जिदहरुको दर्ता गराउने काममा स्थानीय सरकारको भूमिका अझै सक्रिय रुपमा सहयोगको आवश्यक छ ।
