समरक्षणको पखाईमा राजा सुनबर्सी मन्दिर एवं सुनबर्सी पोखरी 

मोरङ

प्र मोरङ  प्रदेशको राजधानी विराटनगरबाट करिब ३० किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित रतुवामाई नगरपालिका पर्दछ । नगरपालिका क्षेत्र भित्र राजा सुनवरसी महाराज मन्दिर एवं सुनबर्सी पोखरी छ । यहा प्रत्येक वर्ष बैशाख महिनको १ गते मेला लाग्ने गर्छ । रतुवा र बक्राहा खोलाको बीच तथा मोरंगको दक्षिणपूर्वी भागमा यो नगरपालिका अवस्थित छ । अघि रतुवामाई क्षेत्र विभिन्न रजौटाहरुको अधीनमा थियो । अघि कुनै बेला यो स्थान प्राग्ज्योतिषपुरमा पर्दथ्यो भने पछि , गएर यो भेग मत्स्यदेश भित्र पर्न पुग्यो । त्यस बेला रतुवामाई क्षेत्र विराटराजाको अधिनमा थियो । यसैगरी यो प्रदेश इसापूर्व कालमा नै पुण्ड्वर्धनको महत्वपूर्ण क्षेत्रका रुपमा रह्यो भने मध्यकालतामा यस भेगमा मुरेहांगको अस्तित्व रह्यो ।

त्यसपछि धनपाल, सुन्वर्षी महाराज र अन्य रजौटाहरुको अधिनमा पर्दै रतुवामाई क्षेत्र पाल्पाली सेनहरुको अधिनमा पर्न पुग्यो । पाल्पाली सेनहरुले विजयपुर लगायतका क्षेत्र एकीकरण गर्दा यो भेग तिनको अधीनमा परेको हो । नेपाल एकीकरणको अभियान पछि भने सम्पूर्ण विजयपुर बृहत्तर नेपालमा गाभियो र यो भेग पनि स्वतहनै बृहत्तर नेपालमा पर्न पुग्यो । त्यसपछि यो भेग केहि समयका लागि सांगुरिगढ़ीबाट प्रशासित भयो । कालान्तरमा यस नगरपालिका क्षेत्रको प्रशासन मोरंग गोश्वाराबाट गर्न लागियो । यसको केन्द्र रंगेली थियो । वि.सं १८७२ सालमा यस भेगको सदरमुकाम साँगुरीगढीबाट रंगेलीमा सारिएको हो । त्यसपछि पनि रतुवामाई नगरपालिका क्षेत्र निरन्तररुपमा मोरंगको सिमाभित्र पर्यो । पछि जिल्ला विभाजनका क्रममा रतुवा खोलालाई सिमाना बनाएर यो क्षेत्र मोरंग भित्र परेको हो । तस्र्थ यस क्षेत्रमा बैशाख १ गते लागने मेलामा नेपाल र भारतबाट त्यस दिन लाखौं भक्तालुहरु आउने गरेको स्थानीय जानकार शिवदयाल राजवंशी बताउछन् । मोरङ जिल्लाको रतुवामाई नगरपालिका–५ स्थित रहेको राजा सुनवरसी महाराज मन्दिर एवं सुनवरसी पोखरीको पर्यटकीय क्षेत्रमा विकास गर्न विक्रम सम्वत १९८५ सालमा स्थानीय समाजसेवीहरु अवधारणा ल्याउनुभएको थियो । मन्दिरुमा दर्शन गर्न र दृष्य अवलोकन गर्न संघिय, प्रदेश सरकार र स्थानीय सरकारले करोडौं लगानी गरेर भौतिक समरचनाहरु निर्माण गरेको छ । तर राजा सुनवरसी महाराज मन्दिर एवं सुनवरसी पोखरी पर्यकट क्षेत्रमा निर्माण गरिएको सवै समरचनाहरु अहिले संरक्षण्को पर्खाइमा रहेको छ ।

यस तर्फ अहिले स्थानीय सरकार, प्रदेश सरकारले खासे ध्यान नदिएको स्थानीयहरुले गुनासो गरेका छन् । राजा सुनवरसी महाराज मन्दिर एवं सुनवरसी पोखरी पर्यटन क्षेत्रको विकास गर्न सथानीय सरकारले कुनै चासो नदेखाएको स्थानीयहरुले गुनासो समेत गर्दै आएका छन् । राजा सुनवरसी महाराज मन्दिर एवं सुनवरसी पोखरी पर्यकट क्षेत्र एवं पिक्निक स्पोर्ट राजनीतिक खिचातानीले गर्दा जीर्ण अवस्थामा पुगेको उहनीहरुले बताएका छन् । यता राजा सुनवरसी महाराज मन्दिर एवं सुनवरसी पोखरी पर्यटक क्षेत्रमा सरसफाई नरहेको र यसलाई ततकाल सरसफाई गर्न स्थानीय युवहरु मिलेर सरसफाई गर्ने र तिने तहको सरकारलाई संरक्षण गर्न आग्रह गर्ने अर्का स्थानीय शिवदयाल राजवंशीले बताउनुभयो । राजा सुनवरसी महाराज मन्दिर एवं सुनवरसी पोखरी ३ विघा क्षेत्रफल जग्गमा पालिकाले व्यवस्थापन गरिएको छ । यससलाई जोगाउन र पर्यटकीय स्थल लगायत पिकनिक स्पोर्टलाई ततकाल व्यवस्थापन गर्ने रतुवामाई नगरपालिकाका नगरप्मुख नागेश्वर सिंहले प्रतिवद्धता व्यक्तगर्नुभयो । तुवामाई नगरपालिकाका इन्जिनियर उजित प्रसाद राजवंशी अनुसार मन्दिर वि.स. १९८५ मा काठबाट निर्मित मन्दिर पोखरी समाजको अगुवाईमा पुनः निर्माण गर्दा माननिय सांसद ऋषिकेश पोखरेलको पहलमा आ. ब. २०७१÷०७२ मा पर्यटन मन्त्रालयबाट रु.२० लाख, जि.वि.स.मोरंगबाट ४४ लाख ५७ हजार ६ सय ६१ रुपैयाँ, स्थानीयबाट रु५० हजार, निर्वाचन क्षेत्र विकास कोषबाट रू.७० लाख, संस्कृति मन्त्रालयबाट रु२० लाख, राष्ट्रिय ताल संरक्षण विकास समिति रु.५० लाख, जन सहभागिताबाट रु३ लाख ८३ हजार रुपैयाँ, आ. ब. २०७३÷०७४ मा पर्यटन मन्त्रालयबाट ९० लाख, निर्वाचन क्षेत्र विकास कोषवाट रू १० लाख, जन सहभागिताबाट रु२० हजार लागतमा राजा सुनवरसी महाराज मन्दिर एवं सुनवरसी पोखरी निर्माण सम्पन्न गरिएको थियो । २०८१÷०८२ मा समेत स्थानीय र प्रदेश सरकारको लगानी रहेको उहाँले जानकारी दिनुभयो। राजा सुनवरसी महाराज मन्दिर एवं सुनवरसी पोखरी निर्माण गर्न संघिय, प्रदेश र स्थानीय सरकारले पहल कदमी अगाडी बढायो भने यो क्षेत्रको पर्यटक क्षेत्रको मुहार फेरिने थियो ।

राजा सुनवरसी महाराज मन्दिर एवं सुनवरसी पोखरी पर्यटक क्षेत्र निर्माण गर्न प्रदेश सरकार र पालिकाले यसरी पटक पटक बजेट विनियोजन गरेर करोडौं रकम खर्चिएको छ । त्यसलाई खेर जान नदिन तिने तह सरकारको ध्यान जानु आवश्यक छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण, शान्त दृश्यावलोकनको हिसावले राजा सुनवरसी महाराज मन्दिर एवं सुनवरसी पोखरी पर्यकट क्षेत्रले धेरै आगन्तुकहरुलाई आकर्षित गर्नेे निकै सम्भावना रहेको छ । राजा सुनवरसी महाराज मन्दिर एवं सुनवरसी पोखरीका संरचनाहरुलाई विकास गरेमा यो क्षेत्र पर्यटकीय दृष्टिकोणले धेरै आमदानीको स्रोत बन्ने देखिन्छ ।