विराटनगर, असार १८
लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अनिल रौनियार अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा मुकेश कुमार यादव सचिव तथा चन्दा कुमारी सरकार कोषाध्यक्षमा चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष रौनियार हाल आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षको जिम्मेवारी सम्हाल्दै उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा प्रभावकारी र परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले लायन्स क्लबको आदर्श वाक्य “Serve with Purpose, Rise with Pride” लाई आत्मसात् गर्दै समाजसेवा र मानवीय कार्यमा निरन्तर सक्रिय रहने अठोट व्यक्त गरेका छन्। साथै, क्लबलाई सामाजिक उत्तरदायित्वका क्षेत्रमा अझ प्रभावकारी बनाउँदै समुदायको हितमा विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताएका छन्।नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा सामाजिक सेवा, मानवीय सहयोग तथा समुदायको समग्र विकासमा केन्द्रित कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।
