राजनीति

काठमाडौं — प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीलाई संसदको प्रश्नोत्तर कार्यक्रममा उपस्थित गराउने प्रतिबद्धता जनाएको छ। विपक्षी दलहरूले संसद् नियमावलीअनुसार प्रधानमन्त्रीले नियमित रूपमा सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने अडान राखेपछि रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटी ले प्रधानमन्त्रीलाई छिट्टै संसदमा उपस्थित गराउने पहल गर्ने बताएका हुन्। संसद् नियमावलीअनुसार संसद सञ्चालन भइरहेको […]

रामेछाप कारागारमा सामूहिक भाग्ने प्रयास, सेनाले गोली चलाउँदा २ कैदीबन्दीको मृत्यु नवराज श्रेष्ठ रामेछाप जिल्ला कारागारका कैदीबन्दीले बिहीबार बिहान सामूहिक रूपमा भाग्ने प्रयास गर्दा सेनाले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सेनाले चलाएको गोली लागेर १४ जना कैदीबन्दी घाइते भएका थिए। घाइतेमध्ये रामेछाप अस्पतालमा उपचारका क्रममा २ जनाको मृत्यु भएको र १२ जनाको उपचार भैरहेको उनले बताए। ‘कैदीबन्दीहरूले कारागारभित्रका सबै ताला फोडेर बाहिर निस्कने क्रममा मुख्य गेटको ताला समेत तोड्न खोजे। त्यसपछि सेनाले गोली चलायो,’ प्रजिअ थापाले भने। मृत्यु हुनेमा एक जना कर्तव्य ज्यान मुद्दा र अर्को एक जना जबर्जस्ती करणी तथा मानव बेचबिखन मुद्दामा सजाय भोगिरहेका थिए । रामेछाप नगरपालिका–८ डाँडामा अवस्थित जिल्ला कारागारमा हाल ३०० भन्दा बढी कैदीबन्दी रहेका छन्। सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारागारलाई नियन्त्रणमा लिएपछि अहिले अवस्था शान्त रहेको प्रहरीले जनाएको छ। हालै देशभरका विभिन्न कारागारमा कैदीबन्दी भाग्ने घटना बढिरहेका बेला रामेछाप तुलनात्मक रूपमा शान्त रहेको भनिएको थियो। तर बिहीबार बिहान यहाँका कैदीबन्दीले पनि सामूहिक भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मीलाई गोली चलाउन बाध्य हुनुपरेको बताइएको छ ।