रंगेलीमा सशस्त्र प्रहरीमाथि हातपात गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । मोरङको रंगेलीमा गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीमाथि हातपात गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

रंगेली नगरपालिका–५ स्थित ठाकुर टोलमा मंगलबार राति करिब साढे ११ बजे सशस्त्र प्रहरीको गस्ती टोलीलाई ५–६ जनाको समूहले हातपात गरेको थियो ।

घटनाबारे जानकारी पाएपछि कात्तिक ४ गते बिहान इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी आँपगाछीबाट संयुक्त टोली खटिएको थियो । प्रहरीले खोजतलासका क्रममा विशालकुमार सरदार, विकास सरदार र सर्जु सरदारलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ ।