
विराटनगर । सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको छ। भोजपुरी लवजमा तयार भए पनि नेपाली भाषामा रहेको यो गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहले दिएका छन्। संगीत संयोजन विषम आचार्यले गरेका हुन्।
गीतमा जुना सुन्दासको आइटम डान्स देख्न सकिन्छ भने रोहन विश्वकर्माले कोरियोग्राफी गरेका छन्। नृत्य र प्रस्तुतिमा भोजपुरी शैलीको झल्को भए पनि नेपाली भाषामा अभिव्यक्त गरिएको गीतले युवायुवतीबीचको आकर्षणलाई प्रस्तुत गरेको छ।
निर्माण पक्षका अनुसार सिनेमामा तराईको कथा, पात्र र भूमिकालाई समेटिएकाले त्यहाँको प्रचलित भोजपुरी शैलीलाई गीतमार्फत प्रस्तुत गरिएको हो। ‘लड्की गोरी’ डान्सिङ नम्बरको रूपमा सार्वजनिक गरिएको छ।
सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते नेपालमा रिलिज हुँदैछ भने हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जनाएका छन्। सिनेमाले पैसाको प्रलोभनमा चक्रव्यूहमा फसेको र त्यहाँबाट उम्कन खोज्ने व्यक्तिको संघर्षलाई मुख्य कथा बनाएको छ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यस सिनेमामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ।
सुशान्त गौतमले निर्देशन गरेको यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालले लेखन गरेका छन् भने क्रिएटिभ निर्देशक मदन थापा रहेका छन्। निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता छन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
जीवन शाक्य लाइन प्रोड्युसर, मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादन, र शरद महतो छायांकन (डिओपी) मा रहेका छन्।
भिडियो लिंक ;-