काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शनिबार राजधानीमा बस्न लागेको छ।
पार्टीभित्रको आन्तरिक रणनीति र समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न यो बैठक आह्वान गरिएको हो।
प्राप्त सूचना अनुसार, बैठक बिहान ११:३० बजे सुरु हुनेछ। बैठक नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा बस्न लागेको हो।
पार्टीको आगामी कार्यदिशाका बारेमा बैठकमा छलफल हुने बताइएको छ।