संरक्षणको पर्खाइमा राजा सुनवर्षी महाराज मन्दिर र सुनवर्षी पोखरी

मोरङ

कोशी प्रदेशको राजधानी विराटनगरबाट करिब ३० किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित रतुवामाई नगरपालिका पर्दछ । नगरपालिका क्षेत्र भित्र राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी छ । यहा प्रत्येक वर्ष बैशाख महिनको १ गते मेला लाग्ने गर्छ । रतुवा र बक्राहा खोलाको बीच तथा मोरङको दक्षिणपूर्वी भागमा यो नगरपालिका अवस्थित छ । अघि रतुवामाई क्षेत्र विभिन्न रजौटाहरुको अधीनमा थियो । अघि कुनै बेला यो स्थान प्राग्ज्योतिषपुरमा पर्दथ्यो भने पछि , गएर यो भेग मत्स्यदेश भित्र पर्न पुग्यो । त्यस बेला रतुवामाई क्षेत्र विराटराजाको अधिनमा थियो । यसैगरी यो प्रदेश इसापूर्व कालमा नै पुण्ड्वर्धनको महत्वपूर्ण क्षेत्रका रुपमा रह्यो भने मध्यकालतामा यस भेगमा मुरेहांगको अस्तित्व रह्यो ।

त्यसपछि धनपाल, सुनवर्षी महाराज र अन्य रजौटाहरुको अधिनमा पर्दै रतुवामाई क्षेत्र पाल्पाली सेनहरुको अधिनमा पर्न पुग्यो । पाल्पाली सेनहरुले विजयपुर लगायतका क्षेत्र एकीकरण गर्दा यो भेग तिनको अधीनमा परेको हो । नेपाल एकीकरणको अभियान पछि भने सम्पूर्ण विजयपुर बृहत्तर नेपालमा गाभियो र यो भेग पनि स्वतहनै बृहत्तर नेपालमा पर्न पुग्यो । त्यसपछि यो भेग केहि समयका लागि सांगुरिगढ़ीबाट प्रशासित भयो । कालान्तरमा यस नगरपालिका क्षेत्रको प्रशासन मोरंग गोश्वाराबाट गर्न लागियो । यसको केन्द्र रंगेली थियो । वि.सं १८७२ सालमा यस भेगको सदरमुकाम साँगुरीगढीबाट रंगेलीमा सारिएको हो । त्यसपछि पनि रतुवामाई नगरपालिका क्षेत्र निरन्तररुपमा मोरङको सिमाभित्र पर्यो । पछि जिल्ला विभाजनका क्रममा रतुवा खोलालाई सिमाना बनाएर यो क्षेत्र मोरङ भित्र परेको हो । तस्र्थ यस क्षेत्रमा बैशाख १ गते लागने मेलामा नेपाल र भारतबाट त्यस दिन लाखौं भक्तालुहरु आउने गरेको स्थानीय जानकार शिवदयाल राजवंशी बताउछन् । मोरङ जिल्लाको रतुवामाई नगरपालिका–५ स्थित रहेको राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरीको पर्यटकीय क्षेत्रमा विकास गर्न विक्रम सम्वत १९८५ सालमा स्थानीय समाजसेवीहरु अवधारणा ल्याउनुभएको थियो । मन्दिरुमा दर्शन गर्न र दृष्य अवलोकन गर्न संघिय, प्रदेश सरकार र स्थानीय सरकारले करोडौं लगानी गरेर भौतिक समरचनाहरु निर्माण गरेको छ । तर राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यकट क्षेत्रमा निर्माण गरिएको सवै समरचनाहरु अहिले संरक्षण्को पर्खाइमा रहेको छ ।

यस तर्फ अहिले स्थानीय सरकार, प्रदेश सरकारले खासे ध्यान नदिएको स्थानीयहरुले गुनासो गरेका छन् । राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रको विकास गर्न सथानीय सरकारले कुनै चासो नदेखाएको स्थानीयहरुले गुनासो समेत गर्दै आएका छन् । राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यकट क्षेत्र एवं पिक्निक स्पोर्ट राजनीतिक खिचातानीले गर्दा जीर्ण अवस्थामा पुगेको उहनीहरुले बताएका छन् । यता राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटक क्षेत्रमा सरसफाई नरहेको र यसलाई ततकाल सरसफाई गर्न स्थानीय युवहरु मिलेर सरसफाई गर्ने र तिने तहको सरकारलाई संरक्षण गर्न आग्रह गर्ने अर्का स्थानीय शिवदयाल राजवंशीले बताउनुभयो । राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी ३ विघा क्षेत्रफल जग्गमा पालिकाले व्यवस्थापन गरिएको छ । यससलाई जोगाउन र पर्यटकीय स्थल लगायत बनभोज स्पोर्टलाई ततकाल व्यवस्थापन गर्ने रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वर सिंहले प्रतिवद्धता व्यक्तगर्नुभयो ।

यता निर्माण गरिएको भवनहरुलगायत राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्र अहिले संरक्षण्को पखाईमा रहेको छ । यस तर्फ अहिले स्थानीय सरकार, प्रदेश सरकारले खासे ध्यान नदिएको स्थानीयहरुले गुनासो गरेका छन् ।

यसै विषयमा रतुमाई नगापालिका वडा नम्बर–५ का वडाअध्यक्ष सोमनाथ कार्कीसंग कुराकानी गर्दा । वडाअध्यक्ष कार्कीले ५ नम्बर वडा सवै वडाहरुमध्ये राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरीका कारण अहिले देश विदेशमा चिनाउन सफल वडा हो । यस वडामा अधिकांश कार्की, दास, सुतिहार, विष्ट, सन्थाल, पासवना समुदायको बसोवास छ । वडामा अधिकांस मानिसहरु भुमिहीन भएका कारण कृषि मजदुरी पेशामा आफ्नो जीवन साट्न बाध्य छन् । सरकारी पहुँच नभएका कारणले पनि राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रको विकासमा ढिला सुस्ती भएको वडाअध्यक्ष कार्कीको भनाई थियो ।

१ वडाअध्यक्ष कार्कीलाई सोधियों ः– राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेको संरक्षण गर्न वडाले वजेट किन छुट्याउदैन् ?

वडामा सिमित वजेट आउँछ, त्यही वजेटबाट, सामाजिक क्रियाकलाप, स्वास्थ्य र शिक्षा, भौतिक पूर्वाधारका कामलगायत कर्मचारीको तलब, भात्ता दिँदै रकम सकिन्छ, जनसर्वदान उठाएर काम गर्न सकिदैन् । त्यसकारण बालुघाट पर्यटन क्षेत्रको विकास गर्न वडाको बजेटबाट सम्भव नभएको वडाअध्यक्ष कार्कीको भनाई थियो ।

२, वडाअध्यक्ष कार्कीलाई फेरी सोधियों ः– राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेको संरक्षण गर्न के गर्नु पर्ला ?

राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटक क्षेत्रको विकासका लागि पालिकाको बोर्ड बैठकमा प्रस्ताव अगाडी सारछु । प्रदेश र संघिय सरकारसंग राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रको संरक्षणका लागि पहल गर्छु । सके सम्म २०८३÷०८४ को अन्य वजेट काटेर राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रको विकासमा थौरे भएपनि बजेट विनियोजन गर्छु । वडाअध्यक्ष कार्कीले यसरी प्रतिक्रिया दिनुभयो ।

यसै विषयमा रतुमाई ५ का वडासदस्य सकुन्तला दाससंग कुराकानी गर्दा वडासदस्य दास भन्नु हुन्छ, स्थानीय सरकार बाहेक प्रदेश र संघिय सरकारसंग पहुँच नभएका कारणले बजेट ल्याउन नसकेको स्वीकार्नुभयो । अब आउँदा दिनमा तिने तहको सरकारसंग पहुँच बढाएर राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रको संरक्षण, प्रर्वद्धनका लागि पहल गर्ने र सके सम्म वडाको बजेट पनि राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रका लागि छुट्याउन लगाउने उहाँले प्रतिवद्धता ब्यक्तगर्नुभयो । राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रको विकास ग¥यौं, भने स्थानीय स्तरमा आम्दानीको स्रोत बढेसंगै स्थानीय युवाहरुका लागि रोजगारी सृजना समेत हुन सक्छ । त्यसकारण पनि राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रको विकास गर्नु जरुरी रहेको वडासदस्य दासको भनाई थियो । राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रको संरक्षण गरियौं भने, रतुमाई–५ लाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिन्छ, यसका लागि सवै युवा बुद्धिजिवि, समाजसेवी, सहयोगी मनकारी दाताहरु एक जुटभएर अगाडी बढन वडासदस्य दासले सवैमा आग्रह समेत गर्नुभयो ।

यसै वडा नम्बर–५ का वडासदस्य मोतिलाल विष्टसंग कुराकानी गर्दा वडासदस्य विष्ट भन्नु हुन्छ । राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रको संरक्षण गर्न, हामी पछाडी प¥यो । दृश्य अवलोकनको हिंसाबले राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी मात्र नभएर धार्मीक हिसाबले पनि पर्यटन क्षेत्र अन्य ठाउँ भन्दा लाखौं गुना राम्रो छ । तर यस क्षेत्रको विकास गर्न ध्यान गएन् । वडासदस्य विष्टले यस विषयमा पछुतो व्यक्तगर्नुभयो । राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रको संरक्षण गर्न वडाले समानय बजेटहरु हाल्दै आईरहेको छ । तर यसपटक कुनै पनि वजेट हालेको छैन् । २०८३÷०८४ मा पनि राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रका लागि वडाले बजेट विनियोजन गरेको छैन् । पालिकाले पनि बजेट विनियोजन गरेको छैन् । यसपटक पनि राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रको संरक्षणका लागि बजेट विनियोजन गर्ने तर्फ ध्यान पुगेन । तर यस वर्ष राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रको संरक्षणका लागि केही रकम घरेवेरा र सार्वजनिक सौचालय निर्माणका लागि आन्तरिक स्रोतबाट भएपनि नगरपालिकाका प्रमुख, उपप्रमुख हमयन्त देवी चुडाल र प्रमुख प्रशासकीय अधिकृत डम्मरु बल्लब बराललाई आग्रह गर्ने वडासदस्य विष्टले प्रतिवद्धता व्यक्तगर्नुभयो । यस क्षेत्रको विकास गर्न स्थानीय सरकारको दायित्व हो । त्यसकारण नगरपालिकाले अघिलो वर्ष सम्ममा बजेट छुट्याउँदै आईरहेको थियो । यस वर्ष नगरपालिकाले राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटक क्षेत्रलाई संरक्षण गर्न बजेट छुट्याउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत बरालले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत बरालले नगरपालिकाका बोर्ड बैठकमा जनप्रतिनिधिहरुले प्रस्ताव ल्यायो भने केहि रकम दिन सकिने ठाउँहरु रहेको बताउनुभयो ।

यता राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रको संरक्षण गर्न रतुमाई–५ का अर्का वडासदस्य भोला प्रसाद सुतिहारसंग जिज्ञासा राख्दा उहाँले भन्नु हुन्छ, हाम्रा पालामा नगरपालिकाका प्रमुख र उप्रमुखले राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रको संरक्षण गर्न करोडौं लगानी गरेर भौतिक समरचनाहरु निर्माण गरिए बताउनुभयो । भने स्थानीयलाई संरक्षण गर्न जिमेवारी समेत प्रदान गरिएको उहाँले बताउनुभयो । त्यही संरक्षण समितिले राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रमा रुख विरुवाहरु रोपेका थिए । पर्यटकहरुका पर्यटकहरुका लागि राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रमा विभिन्न खाले टहराहरु पालिकको सहयोगमा उपभौत्ता समितिले निर्माण गरेका थिए । भने वनभोज खानका लागि टहराहरु समेत निर्माण गरी विजुलीवत्ती, खानेपानीको समेत प्रवन्ध वडाले गरेको थियो ।

राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटक क्षेत्रको संरक्षणमा स्थानीयको कस्तो भुमिका हुनुपर्छ, ? भन्ने विषयमा स्थानीयहरुसंग जिज्ञासा राख्दा स्थानीय समाजसेवी एवं नेपाल रघु हस्तासंग जिज्ञासा राख्दा उहाँले राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटक क्षेत्रको संरक्षण गर्न स्थाीय सवैको भूमिका उदाहरणीय छ, तर यहाँका सवै मानिसहरु दिनभरी उर्लावारी,पथरी, रंगेली मजदुरी गर्न जानेभएकाले पर्यटक क्षेत्रको संरक्षणमा कमीभएको उहाँले बताउनुभयो । २०७७ सालमा यस वडाका कार्की, सन्थाल, दास, सुतिहार, विष्ट, पासवनालगायत सवै जातजातिहरु मिलेर पर्यटक क्षेत्रको विकासमा अगाडी बढेर यहाँ सम्म राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रको विकास गरियों । जनसर्वदानबाट सुनवर्षी पोखरी समेत खनियो, पोखरीमा अवलोकन गर्नका लागि जोकोही पर्यटकलाई आकर्षण गर्ने कामहरु स्थानीयको सहयोगमा नगरपालिकाले सुरु गरिएको थियो। तर अहिले यी सवै राजनीतिक खिचातानीका कारण अहिले राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटक क्षेत्र संरक्षणको पखाईमा पुगेको छ । वडा र नगरपालिकाले अहिले सम्म संरक्षण समिति पनि बनाउन सकेको छैन् । समाजसेवी हस्ताले ततकाल वडा र नगरपालिका मिलेर राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन संरक्षण समितिको निर्माण गर्न सुझाव दिनुभयो ।

उहाँले यस क्षेत्रको संरक्षण गर्न स्थानीयमा पहिला सचेतना जगाउनु पर्छ, बैज्ञानीक तरिकाले यसको सजावट गर्नु पर्छ, अनि मात्र सम्भव हुन्छ । यसका लागि संघिय, प्रदेश सरकार, र स्थानीय सरकार मिलेर अवलोकन गरी पुनः नयाँ संरचनाहरु निर्माण गरे मात्र राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटन क्षेत्रको संरक्षण हुन सकिने स्थानीय हस्ताको भनाई थियो । यसै विषयमा स्थानीय युवाहरुसंग कुराकानी गर्दा स्थानीय युवाहरुले पर्यटकीय क्षेत्रको विकास गर्न राजनीतिक खिचातनीको अन्त्य गर्नुपर्ने बताउनुभयो । राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटकीय क्षेत्रमा अझै बृक्षा रोप्नु पर्छ, मालिलाई ल्याएर पर्यटक क्षेत्रमा फुलको डिजाईन गरेर फुल रोप्यौं भन्ने, यस क्षेत्रमा टिक टक बनाउन र बनभोज खान आउने मानिसहरुको भिड लाग्ने सम्भावना बोकेको क्षेत्र हो । यसका लागि सरोकारवाला निकाय र स्थानीय बीच समन्वय र सकार्यको आवश्यक रहेको उहाँले सुझाव दिनुभयो ।

राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटकीय क्षेत्रमा निर्माण गरिएको टहराहरुलाई ततका मर्मत गरेर युवाहरुलाई संरक्षण गर्न जिमेवारी दियो भने, मात्र सम्भव हुन सक्छ, राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटकीय क्षेत्रमा निर्माण गरिएको सवै टहराहरु संरक्षाणसंगै पर्यटकीय भित्राउने खालको कार्यक्रमहरु र पर्यटक क्षेत्रलाई संरक्षण गर्न स्थानीयलाई समेत जोडन सकियो भने । यस क्षेत्रको विकास हुन् समय नलाग्ने स्थानीय युवाहरुले सुझाव दिनुभएको थियो । यस पर्यटकीय क्षेत्रमा सुनवर्ष पोखरी छ, जंगल छ, मठ, मन्दिरहरु निर्माण गरिएको छ, ।

राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटक क्षेत्रको विकास गर्न सथानीय सरकारले कुनै चासो नदेखाएको स्थानीयहरुले गुनासो गर्नुभयो । राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यकट क्षेत्र एवं पिकनिक स्पोर्ट राजनीतिक खिचातानीले गर्दा जीर्ण अवस्थामा पुगेको उहाँहरुले बताउनुभयो । यता बराजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटक क्षेत्रमा सरसफाई नरहेको र यसलाई ततकाल सरसफाई गर्न स्थानीय युवहरु मिलेर सरसफाई गर्ने र तिने तहको सरकारलाई संरक्षण गर्ने तर्फ ध्यान दिनु आवश्यक छ ।

तुवामाई नगरपालिकाका इन्जिनियर उजित प्रसाद राजवंशी अनुसार मन्दिर वि.स. १९८५ मा काठबाट निर्मित मन्दिर पोखरी समाजको अगुवाईमा पुनः निर्माण गर्दा माननिय सांसद ऋषिकेश पोखरेलको पहलमा आ. ब. २०७१÷०७२ मा पर्यटन मन्त्रालयबाट रु.२० लाख, जि.वि.स.मोरंगबाट ४४ लाख ५७ हजार ६ सय ६१ रुपैयाँ, स्थानीयबाट रु५० हजार, निर्वाचन क्षेत्र विकास कोषबाट रू.७० लाख, संस्कृति मन्त्रालयबाट रु२० लाख, राष्ट्रिय ताल संरक्षण विकास समिति रु.५० लाख, जन सहभागिताबाट रु३ लाख ८३ हजार रुपैयाँ, आ. ब. २०७३÷०७४ मा पर्यटन मन्त्रालयबाट ९० लाख, निर्वाचन क्षेत्र विकास कोषवाट रू १० लाख, जन सहभागिताबाट रु२० हजार लागतमा राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी निर्माण सम्पन्न गरिएको थियो । २०८१÷०८२ मा समेत स्थानीय र प्रदेश सरकारको लगानी रहेको उहाँले जानकारी दिनुभयो। राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी निर्माण गर्न संघिय, प्रदेश र स्थानीय सरकारले पहल कदमी अगाडी बढायो भने यो क्षेत्रको पर्यटक क्षेत्रको मुहारफेरिने थियो ।राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यटक क्षेत्र निर्माण गर्न प्रदेश सरकार र पालिकाले यसरी पटक पटक बजेट विनियोजन गरेर करोडौं रकम खर्चिएको छ । त्यसलाई खेर जान नदिन तिने तह सरकारको ध्यान जानु आवश्यक छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण, शान्त दृश्यावलोकनको हिसावले राजा सुनवरसी महाराज मन्दिर एवं सुनवर्षी पोखरी पर्यकट क्षेत्रले धेरै आगन्तुकहरुलाई आकर्षित गर्नेे निकै सम्भावना रहेको छ । राजा सुनवर्षी महाराज मन्दिर एवं सुनवर्षी पोखरीका संरचनाहरुलाई विकास गरेमा यो क्षेत्र पर्यटकीय दृष्टिकोणले धेरै आम्दानीको स्रोत बन्ने देखिन्छ ।