आणविक हतियार परीक्षण विरुद्धको दिवशको अवसर विराटनगरको शिक्षादीप कलेजमा कविता प्रतियोििगता, सिरिन भट्टराई  भइन् प्रथम

विराटनगर । विराटनगरको शिक्षादीप कलेजमा भएको कविता प्रतियोगितामा कक्षा १२ मा अध्ययनरत सिरिन भट्टराईले प्रथम स्थान हाँसिल गरेकी छिन् ।

त्यस्तै अलिसा सापकोटा द्वितीय र मानसी मनोहर तथा प्रतिक भट्टराई तृतीय घोषित भएका छन् । प्रतियोगितामा सभ्यता रायमाझी, अपेक्षा राई, जस्मिन ढुंगाना, सुदिस साह, पंकज साह, मुस्कान खातुन, सहिष्णुता वराल, सम्राज्ञी बस्नेत र पूर्णिमा बुढाथोकीले सान्त्वना स्थान सुरक्षित गरे ।

कलेजको विज्ञान शंकाय अन्तरगत कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले ‘शान्तिको लागि निश्शत्रीकरण’ विषयमा प्रतियोगितात्मक रुपमा कविता प्रस्तुत गरेका थिए ।

अगस्ट २९ अर्थात आणविक हतियार परीक्षण विरुद्धको दिवशको अवसरमा आज कलेजको सभाहलमा आयोजित कविता प्रतियोगितामा कलेजमा अध्ययनरत ६० जना विद्यार्थीहरूले आणविक हतियार, यसको प्रयोग र निश्शस्त्रीकरण सम्बन्धि चेतनामुलक कविता बाचन गरेका हुन् ।

 

कलेजका प्रमुख निर्देशक रमेश मण्डल निर्णायकमा रहेका कवि चुडामणि नेपाल ‘आकिन्चन र कलेजका अंग्रेजी विभागका निर्देशक डा. विमल किशोर श्रीवास्तवले प्रथमदेखि सान्त्वना स्थल हाँसिल गरेका विद्यार्थीहरूलाई नगद पुरस्कार र पुस्तकहरू वितरण गरेका थिए ।

कलेजले आणविक हतियारबारे सचेतनाका लागि विगतदेखि नै अगष्ट २९ का दिन कविता प्रतियोगिता आयोजना गर्दै आएको कलेजका निर्देशक रामचन्द्र अधिकारीले बताए ।