नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँनेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शनिबार राजधानीमा बस्न लागेको छ।

पार्टीभित्रको आन्तरिक रणनीति समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न यो बैठक आह्वान गरिएको हो।

प्राप्त सूचना अनुसार, बैठक बिहान ११:३० बजे सुरु हुनेछ। बैठक नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा बस्न लागेको हो।

पार्टीको आगामी कार्यदिशाका बारेमा बैठकमा छलफल हुने बताइएको छ।