विराटनगरको नेपाल विजनेश कलेजले ‘एमटि ८८४८’ लाइभ कन्सर्ट आयोजना गर्ने  भएको छ /

विराटनगर

विराटनगर–११ मा रहेको नेपाल विजनेश कलेजले आगामी अप्रिल १० तारिखमा ‘एमटि ८८४८ लाइभ कन्सर्ट’ आयोजना गर्ने भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजना हुने यस कन्सर्टको बारेमा कलेजले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

नेपाल विजनेश कलेजको सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो शैक्षिक पाठ्यक्रमको प्रयोगात्मक अभ्यासका रूपमा यो कार्यक्रम आयोजना गर्न लागेका हुन् । कन्सर्टको यो तेस्रो संस्करण हो, जसमा प्रख्यात व्याण्ड ‘एमटि ८८४८’ को सांगीतिक प्रस्तुति रहनेछ ।
कलेजकी निर्देशक पिंकी शर्माका अनुसार विद्यार्थीहरूलाई पढाइसँगै व्यावहारिक ज्ञान दिलाउन यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम सम्पन्न गर्न करिब ११ लाख ७७ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने कन्सर्टको प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ ।

कलेजका प्रबन्ध निर्देशक दीपक कोइरालाले यो कार्यक्रम विद्यार्थीहरूको ‘इभेन्ट म्यानेजमेन्ट’ विषयको प्रयोगात्मक हिस्सा भएको जानकारी दिए । ‘पाठ्यक्रममा २० अङ्कको प्रयोगात्मक अभ्यासका लागि विद्यार्थीहरू आफैँले कुनै कार्यक्रमको व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ कोइरालाले भने, ‘यसले कक्षाकोठाको सैद्धान्तिक ज्ञानलाई वास्तविक संसारमा कसरी लागू गर्ने भन्ने सिकाउँछ । सहयोगी दाता खोज्नेदेखि कलाकार छनोट र सम्पूर्ण व्यवस्थापन विद्यार्थीहरू आफैँले गरेका छन्, जसले उनीहरूको व्यवस्थापकीय क्षमता र आत्मविश्वास बढाउँछ ।’

यस कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष सामाजिक उत्तरदायित्व पनि हो । सांगीतिक कार्यक्रमबाट संकलन भएको सम्पूर्ण मुनाफा सामाजिक क्षेत्रमा खर्च गरिने कलेजले जनाएको छ । यसले विद्यार्थीहरूलाई अध्ययनका साथै समाजसेवामा पनि उत्प्रेरित गर्ने विश्वास कलेजको छ ।

सन् २०१४ मा स्थापना भएको नेपाल विजनेश कलेजमा हाल एमबीए, बीबीए, बीआईटी र बीएचएम तहमा साढे ३ सय विद्यार्थीहरू अध्ययनरत छन् । कलेजले सैद्धान्तिक ज्ञानका साथै यस्ता प्रयोगात्मक अभ्यासहरूलाई विशेष जोड दिँदै आएको छ, जसले विद्यार्थीहरूलाई भविष्यको व्यावसायिक जीवनका लागि दक्ष बनाउन मद्दत पुग्ने देखिन्छ ।

–११ मा रहेको नेपाल विजनेश कलेजले आगामी अप्रिल १० तारिखमा ‘एमटि ८८४८ लाइभ कन्सर्ट’ आयोजना गर्ने भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजना हुने यस कन्सर्टको बारेमा कलेजले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।