काठमाडौँ । प्रतिनिधि सभाबाट सोमबार तीनवटा अध्यादेश स्वीकृत भएका छन्। बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भनी प्रस्ताव गरेका थिए। साथै, मन्त्री गुरुङले पेस गरेको ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पनि सर्वसम्मतिले पारित भएको छ। तीनै प्रस्तावमा सभामुख डिपी अर्यालले ‘हुन्छ’ र ‘हुन्न’ भनी मत विभाजन गरेका थिए।
