राजनीति

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी प्राप्त उजुरीहरूमा राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण माग गरिएकोमध्ये ५७ वटाको जवाफ प्राप्त भएको जनाएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म दर्ता भएका ८७ उजुरीका आधारमा सम्बन्धित पक्षसँग स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए। उनका अनुसार ८१ जनासँग लिखित स्पष्टीकरण माग गरिएको छ भने छ […]

दर्जनौं युवाहरूको हत्या र हजारौं युवाहरूलाई घाइते बनायो। जसले गर्दा परिस्थिति झन् बिग्रन गई भदौ २४ गते सम्ममा ठूलो संख्यामा मुलुकले धन–जनको क्षति बेहोर्नु पर्‍यो,’ जसपाले भनेको छ। सरकार, सेना, प्रहरी र प्रशासनले चाहेको भए मुलुकलाई ठूलो जन–धनको क्षति हुनबाट जोगाउन सक्ने जसपाको बुझाइ छ। ‘तर जोगाउने प्रयास सम्म किन गरिएन? रहस्यमय रहेको छ। नेपालीलाई रोजगारी प्रदान गर्दै आएका केही मुलुकहरूले वर्किङ भिसा, टुरिष्ट भिसा, भिजिट भिसा रद्द गरेका छन्। यसको जिम्मेवार केपी शर्मा ओली नेतृत्वको सरकार नै हो। मुलुकलाई नै क्षति पुर्‍याउने दोषीहरूको छानबिन गरी कानुन बमोजिम कारबाही गरी पीडिततलाई क्षतिपूर्ति सरकारले दिने व्यवस्था गर्नु पर्छ,’ जसपाले भनेको छ।